रेखा थापाले अखिल क्रान्तिकारीका नेताका लागि भोट मागेपछि

स्थानीय निर्वाचनअघि राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेशको घोषणा गरेकी अभिनेत्री रेखा थापाले माआवादी केन्द्रको भातृसंगठन अखिल क्रान्तिकारीका एक उम्मेदवारका लागि भोट मागेकी छन्।

कुनै समय माओवादी अध्यक्ष प्रचण्डसँगै मञ्चमा नाचेर चर्चा बटुलेकी रेखाले राजधानीमा जारी अखिल क्रान्तिकारीको २१ औँ राष्ट्रिय सम्मेलनमा खुलातर्फका सचिव उम्मेदवार नरेश रेग्मीको पक्षमा भोट मागेकी हुन्।

राप्रपा पसेकी रेखासँग भोट मागिदिन आग्रह गरेको भन्दै अखिल क्रान्तिकारीका कार्यकर्ताले भने उम्मेदवाहरुप्रति असन्तोष प्रकट गरेका छन्।

राप्रपा फुटेपछि रेखा पशुपति शम्शेरको समूहतिर लागेको बताइन्छ।

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *