प्रभात फेरी कार्यक्रम सम्पन्न :त्रि.वि. पद्मकन्या बहुमुखी क्याम्पस

त्रि.वि. पद्मकन्या बहुमुखी क्याम्पसको ६८ औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा आज मिति २०७५ भाद्र ३१ गते प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । 
काठमाडौँ महानगरपालिकाका उपमेयर श्रीमती हरिप्रभा खड्कीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त प्रभात फेरी कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्रा.डा. कुमारप्रसाद कोइराला, क्याम्पस प्रमुख प्रा.डा. रेणुका जोशी, क्याम्पसको मानविकी तथा व्यवस्थापन सङ्कायका साथै विज्ञान तथा अध्ययन संस्थानका प्राध्यापक, विद्यार्थी छात्रा, कर्मचारीलगायत एक हजारभन्दा बढी व्यक्तिको उपस्थिति थियो ।

बाजागाजाका साथ क्याम्पसको मूल प्रवेशद्वारबाट सुरु भएको प्रभातफेरी काठमाडौँ उपत्यकाको पुतलिसडक, कमलादी, घण्टाघर, रत्नपार्क हुँदै पुनः क्याम्पसभित्र प्रवेश गरेको थियो । कार्यक्रमको समापनमा क्याम्पस प्रमुख जोशीले क्याम्पस स्थापनाको ६८ औँ दिवसलाई भव्य एवम् सभ्य बनाउने हेतुका साथ क्याम्पसमा सञ्चालित सप्ताहव्यापि खेलकुद कार्यक्रमका साथै प्रभात फेरी कार्यक्रमले क्याम्पसमा अध्ययनरत विद्यार्थी, प्राध्यापनरत शिक्षक, कार्यरत कर्मचारी एवम् अभिभावकवर्गमा उत्साह थपेको कुरा उल्लेख गर्नुभयो ।

यसैगरी क्याम्पसका सहायक क्याम्पस प्रमुख केशवराज सापकोटाले यस्ता कार्यक्रमले क्याम्पसको शैक्षिक एवम् प्राज्ञिक मर्यादा कायम राख्दै विद्यार्थी, प्राध्यापक एवम् कर्मचारीका साथै समस्त अभिभावकवर्गको मनोवललाई उच्च तुल्याउने र समग्रमा महिला सशक्तीकरणको महाअभियानलाई विशेष योगदान पु¥याउने कुरा उल्लेख गर्नुभयो ।

क्याम्पसको ६८ औँ वार्षिकोत्सव त्रि.वि.का उपकुलपति प्रा.डा. तीर्थराज खनियाको प्रमुख आतिथ्यतामा भोलि मिति २०७५ असोज १ गते भव्यताका साथ सम्पन्न हुँदै छ ।

(स्रोत ः उपप्राध्यापक राजिन पनेरू, पद्मकन्या बहुमुखी क्याम्पस)

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *