नोटमात्र चल्ने विदेशमा रहेका नेपालीको अब भोटपनि चल्ने

मतदान गर्न पाउनु हरेक नागरिकको अधिकार भएको बताउँदै सर्वाेच्च अदालतले विदेशमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई मतदानको अधिकारको व्यवस्था गर्न आदेश दिएको छ।

यस सम्बन्धमा परेको रिट उपर यसअघि नै फैसला गरेको सर्वोच्च अदालतले फैसलाको पूर्ण पाठ प्रकासित गर्दै विदेशमा नेपालीहरुलाई पनि मतदानको व्यवस्था गर्न आदेश दिएको हो।

सर्वाेच्चको पूर्णपाठमा नेपालीहरु संसारभर विभिन्न देशमा छरिएर रहेको उल्लेख गर्दै देश विशेषको कानून र नीति फरक हुने भएकाले मतदानको अधिकार दिलाउन आवस्यक व्यवस्था गर्न भनिएको छ।

नेपाली नागरिकहरुलाई सो अवसर दिलाउन विभिन्न देशका सरकार तथा आवस्यकता अनुसार नेपाली नागरिक कार्यरत रोजगारदाता कम्पनीसँग आवस्यक कुटनीतिक पहल गर्न पूर्णपाठले निर्देश गरेको छ।

मतदानमा भाग लिने अवस्था सिर्जनाका लागि आवस्यक स्रोत, सामाग्री, प्रविधि, संरचना तथा व्यवस्थापनका लागि आवस्यक तयारी गरी मतदान गर्न सक्नेसम्मको अवस्था सुनिश्चित र आवस्यक पहल गर्नपनि त्यसमा भनिएको छ।

यसैगरी विदेशमा रहेका नेपाली नागरिकहरुको वास्तविक लगत संकलन गर्न दर्ता प्रक्रिया अविलम्ब सुरु गरी आउँदो निर्वाचनसम्म विदेशमा रहेका नेपाली नागरिकहरु निर्वाचनमा सहभागी हुने वातावरण मिलाउनु पर्ने कुरापनि त्यसमा उल्लेख छ।

नेपालको अर्थतन्त्र विदेशमा रहेका नेपालीहरुले पठाएको अर्थतन्त्रले चल्दै आएको भएपनि उनीहरुलाई उतैबाट मतदान गर्नसक्ने व्यवस्था गरिएको थिएन। विभिन्न राजनीतिक पार्टी र संगठनले विदेशमा रहेका नेपाली नागरिकहरुको मतदान गर्न पाउनुपर्ने माग गर्दै आएका थिए।

सर्वाेच्चको फैसलाको पूर्ण पाठ सार्वजनिक भएलगत्तै नयाँशक्ति नेपालका संयोजक बाबुराम भट्टराईले त्यसको स्वागत गरेका छन्। श्रम-शिक्षा आर्जन गरेका लाखौं नेपाली युवाले मतदानमा सहभागी हुन नपाए सम्म हाम्रो लोकतन्त्रलाई पूर्ण नहुने उल्लेख सर्वाेच्चको फैसलाको स्वागत गरेका हुन्।

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *