सलमानको नेपाल भ्रमण तयारीका लागि सोहेल खान काठमाडौंमा

बलिउड अभिनेता सलमान खानको नेपाल भ्रमण तयारीका लागि उनका भाई सोहल खान काठमाडौं आइपुगेका छन्। एयर इन्डियाको एआई २१५ दिल्ली– काठमाडौँको उडानबाट उनी काठमाडौं आएका हुन्।

सलमान खानले आगामी मार्चमा नेपाल भ्रमण गर्ने तयारी भइरहेको छ। साहेलले सलमानको भ्रमणबारे आज पाँच बजे पत्रकार सम्मेलन गरी जानकारी दिनेछन्।

सलमानको नेपाल भ्रमण तयारीका लागि भारतीय इभेन्ट व्यवस्थापन कम्पनीका व्यक्तिहरु केही दिनयता काठमाडौंमा छन्।बिहीबार इभेन्ट व्यवस्थापनका जर्डी पटेल र अडिल जगमगियाले चन्द्रागिरी पुगेका थिए।

सलमानले चन्द्रागिरी केवलकार चढ्ने र डाँडाबाट काठमाडौं अवलोकन गर्ने कार्यक्रम तय भएको छ। सलमान कार्यक्रमका लागि भारतीय इभेन्ट व्यवस्थापन कम्पनीहरुले नेपालका ओडिसी इन्टरटेनमेन्टसँग सहकार्य गरिरहेका छन्।

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *