पेनाल्टी हान्ने विषयमा नेइमार र काभानीबीच मैदानमै लफडा [भिडियोे]

पेरिस – फ्रेञ्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)का फरवार्डद्वय एडिन्सन काभानी र नेइमारबीच पेनाल्टी प्रहार गर्ने विषयमा विवाद भएको छ। आइतबार राति फ्रेञ्च लिग वानअन्तर्गत लियोनविरुद्ध पेनाल्टी प्रहार गर्ने विषयमा नेमार र काभानीबीच विवाद भएको हो ।

७९ मिनेटमा पिएसजीका फरवार्ड केलियन एमबाप्पेलाई लियोनका फर्लान्ड मेन्डेले पेनाल्टी क्षेत्रमा फल गरेका थिए। त्यसपछि प्राप्त पेनाल्टी हान्ने विषयमा नेइमार र काभानीबीच विवाद भयो। पेनाल्टी हान्न बल लिएर काभानी अघि बढेका थिए। तर, नेइमार पनि पेनाल्टी हान्ने मुडमा देखिए। उनले काभानीसँग गएर कुरा गरे। तर, काभानीले रिसाएर उत्तर फर्काए। नेइमारले पनि आक्रमक रुपमा जवाफ फर्काए । त्यसपछि नेइमार फन्किएर हिँडेका थिए ।

पेनाल्टी प्रहारमा काभानी सफल हुन सकेन। काभानीको पेनाल्टी प्रहारलाई लियोनका गोलकिपर एन्थोनी लोप्सले पन्च गरे। पन्च गरेको बल बारमा लागेर फर्किएको थियो।

खेलमा काभानी र डिफेन्डर ड्यानी अल्भेसबीच फ्रिकिक हान्ने विषयमा विवाद भएको थियो। अल्भेसले फ्रिकिक पाएपछि बल लिएर नेइमारले दिन खोजेका थिए। तर काभानीले अल्भेसको हातबाट बल खोज्न खोज्दा स्थिति असहज बनेको थियो।

ब्राजिलियन खेलाडीद्वय नेइमार र अल्भेस यही सिजन पिएसजीमा आबद्ध भएका हुन्। यसअघि दुवैले तीन सिजन स्पेनिस क्लब बार्सिलोनाबाट खेलेका थिए। अल्भेसले अघिल्लो सिजन भने युभेन्ट्सबाट खेलेका थिए।

उरुग्वेका स्ट्राइकर काभानी भने सन् २०१३ मा इटालियन क्लब नापोलीबाट पिएसजीमा आवद्ध भएका थिए। त्यसयता उनले १ सय ३९ खेल खेलेर ९५ गोल गरिसकेका छन् ।

पिएसजीले सिजनमा नेइमार र युवा स्ट्राइकर एमबाप्पेसँग सम्झौता गरेको थियो। लिगमा लगातार ६ खेलमा जित निकालेको पिएसजीले लियोनबिरुद्ध दमदार प्रदर्शन गर्न सकेन। स्टार खेलाडीहरु वादविवादमा उत्रिएको खेलमा पिएसजीले उपहार गोल पाएपछि २–० को जित निकाल्यो । ७५ मिनेटमा मार्सेलो तथा ८६ मिनेटमा जेरेनी मोरेले आफ्नै आत्मघाती गोल गरेका थिए।

नेपाल लाइभबाट

भिडियो :

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *