पारस–कन्निका रोमान्स तस्बिरमा

पूर्व युवराज पारस शाहकी थाइ प्रेमिका कन्निका चाइसनले उनीहरूबीच भएको रोमान्सका तस्बिरहरू सार्वजनिक गरेकी छन्।

कन्निका चाइसनले बिहिबार राती पारससँगका रोमान्सका तस्बिरहरु फेशबुकबाट सार्वजनिक गरेकी हुन्। तस्बिरहरू उनीहरूबीच केही वर्षअघिको रोमान्सका जस्ता लाग्छन्, जतिबेला पारस बैँककमा कन्निकासँगै बस्थे।

कन्निकाले पारसकोबारेमा फेशबुकमा लेख्दै आएपनि उनीसँगको रोमान्सको तस्बिर सार्वजनिक गरेको संभवतः पहिलो पटक हो।

थाइल्याण्डमा प्रेमिका कन्न्किासँगको लफडासँगै लागू औषध कारोबारको आरोपमा पक्राउ समेत पर्न थोपछि पारस झण्डै साढे दुई वर्षअघि २०७१ चैतमा नेपाल फर्केका थिए।

काठमाडौँमा कन्निकासँगको प्रेम सम्बन्धमा तिक्तता आएपछि पारस नेपाल फर्केको चर्चा भएको थियो।

आफ्नी श्रीमती हिमानी र परिवारलाई सम्झेर नेपाल आएका पारस फेरि बैँकक नफर्केपछि कन्निकाले विछोड दर्शाउने खालका फेशबुक स्ट्याटश लेख्दै आएकी थिइन।

थाइल्याण्डमा एक छोरो समेत भएकी कन्निकाले फेशबुकमा पारसकी श्रीमति हिमानीलाई समेत गाली गरेर लेख्न थालेपछि पारस र उनीबीच फेशबुकमा भनाभन समेत भएको थियो।

कन्निकाले बिहिबार राती १०ः१४ बजे फेशबुकमा पोष्ट गरेका चार तस्बिरमध्ये दुई वटामा पारस र उनी मात्र छन् भने एउटामा कन्निकाकै साथीजस्ती लाग्ने अर्की एक महिला पनि देखिन्छिन्।

एउटा फोटोमा पारस अर्धनग्न अवस्थामा सोफामा बसिरहेका छन्। फेशबुकमा उनले पोष्ट गरेका तस्बिरबारे केही बताएकी छैनन्।

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *