सलमान र सञ्जयको सप्रियो सम्वन्ध

सञ्जय दत्त र सलमान खानबिच एक समय गहिरो मित्रता थियो । तर समय क्रममा उनीहरुबिच मनमुटाब बढ्यो भने दोस्ति भंग भयो ।

अहिले आएर फेरि उनीहरुको सम्वन्धमा सुधार आएको छ । केही दिनअघि मुकेश अम्बानीको घर एन्टिलियामा आयोजित गणेश उत्सवमा पुगेका यी दुई स्टारले एक अर्कालाई अंकमाल गरे ।

हालै मात्र संजय दत्तले एक अन्तरवार्तामा सलमानसँगको आफ्नो सम्वन्धलाई लिएर मुख खोलेका छन् ।

अन्तरवार्तामा उनलाई सलमानसँग सम्वन्ध विगि्रनुको कारणबारे सोधिएको थियो । यसमा सञ्जयले जवाफ दिए, ‘हामीबिच नराम्रो केही पनि छैन । खाली मिडियाले उछालेका हुन् । सलमान मेरो भाइजस्तै हो । उसलाई म औधि माया गर्छु । मलाई थाहा छैन, मानिसहरुले हाम्रो दोस्तिलाई किन इस्यू बनाउँछन् । सलमान र म हरेक दिन त भेट्न सक्दैनौं नी ।’

सञ्जय अगाडि भन्छन्, ‘हामी दुवै अभिनेता हौं । सलमान पनि आफ्नो काममा व्यस्त छन् र म पनि आफ्नो काममा भिडिरहेको छु । त्यसैले हामी हरघडी सँगै त हुँदैनौं । तर हामीबिच एक-अर्काप्रति माया र सम्मान छ ।’

‘जब हामीबिच कुनै झगडा नै छैन भने प्याचअपको कुरा कहाँबाट आयो ?’ सञ्जयको प्रश्न छ ।

खासमा यी दुईबिच सन् २०११ तिर सम्वन्ध बिग्रेको थियो । त्यतिबेला सलमानले ‘बडीगार्ड’ फिल्ममा आफ्नो बाबु बन्न सञ्जयलाई अफर गरेका थिए ।

यसमा सञ्जयको जवाफ थियो, ‘म त्यति बुढो पनि भइसकेको छैन कि हिरोको बाबुको रोलमा खेलुँ ।’

यसैगरी सन् २०१६ मा दिल्लीमा आयोजिक एक कार्यक्रमका दौरान सञ्जय दत्तलाई वर्ड गेम खेल्न भनिएको थियो । सो गेममा र्‍यापिड फायर राउन्डका क्रममा सञ्जयलाई सोधियो कि सलमान खानलाई एउटा शब्दमा बयान गर्नुपर्दा कसरी गर्नुहुन्छ ?’

त्यसमा सञ्जयले जवाफ दिए, ‘एरोगेन्ट (घमन्डी)’

गत वर्षको फेब्रुअरीमा सञ्जय दत्त जेलबाट छुट्दा सलमान उनलाई भेट्न गएनन् ।

यी दुई हिरोले साजन, चल मेरे भाई, दस, सन अफ सरदार लगायतका फिल्ममा एक साथ अभिनय गरेका छन् ।

२०७४ भदौ २६ गते १०:५८ मा प्रकाशित

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *