अविरल वर्षापछि इलाममा पहिरो, ३० घर उच्च जोखिममा

२८ भदौ, झापा । इलाममा गएरातिदेखि परेको अविरल वर्षाका कारण ३० घर पहिरोको उच्च जोखिममा परेका छन् ।

प्रहरी चौकी बाझोलाई उद्धृत गर्दै १ नं. प्रदेश प्रहरी कार्यालय, विराटनगरले दिएको जानकारी अनुसार इलामको माङ्सेबुङ गाउँपालिका–३ का ३० घर पहिरोको जोखिममा परेका हुन् ।

ती घरहरु अहिले उच्च जोखिममा रहेको बताइएको छ ।स्थानीय राजेन्द्र खजुम, लालबहादुर लिम्बु, अनिता लावती, दिलकुमार नेम्वाङ, डिकबहादुर लिम्बु, राजेन्द्र आङदम्बे, धनपति कुरुङवाङ, देउकुमार राई, देउकुमार आङदम्बे, कम्बर चेम्जोङसहित अन्य करिब ४० घरको सेफ्टी वालसमेत पहिरोले बगाइसकेको प्रहरीले जनाएको छ ।

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *