स्वादिष्ट व्यन्जन दियर ग्राहक को मन जित्न सफल राजेश वावु

चितवन स्थाई घर भई बैदेशिक रोजगारी को सिलसिला सन 2004 मा कोरिया आएका राजेश बाबु श्रेष्ठ र मकवानपुर को हेटौडा जन्मस्थान भयकी उहॉ कि पत्नी पूनम को यो जोडी कोरिया लाई आफ्नो कर्म थलो बनाउदै रेस्टुरेन्ट व्यवसाय अगाड़ी वनाउदै हुनुहुन्छ! सरल र मिजासीला यी दुई जोडी आफ्ना ग्राहक लाई सन्तुस्टी प्रदान गर्न तल्लीन हुनुहुन्छ! चितवन कै बालकुमारी कलेज वाट व्यबस्थापनमा प्रवीणता प्रमाण पत्र तह उत्तीर्ण राजेश वावु ! अति नै सरल ,मेहनती र सहयोगी भावना का राजेश वावु कोरिया मा चिरपरिचित नाम हो ! सन 2008 मा आफ्नो ट्रेनिंग भिषा परिवर्तन गरी व्यवसायीक भिषा वनाई रेस्टुरेन्ट व्यवसाय संचालन गर्न थाले! कोरिया को राजधानी सिउल वाट 1 घन्टा को दुरीमा पर्ने छनान शहर को छनान मेट्रो स्टेशन अगाडी माउन्ट फिस्टेल नाम गरेर पहिलो रेस्टुरेन्ट खोले जुन छिट्टै प्रशिद्द भयो जहॉ स्थानीय कोरियन, अमेरिकी, पश्चिमा, भारतिय, वंगलादेसि, पाकिस्तानी,स्रिलंकालीी र नेपाली हरुको सधै भिडभाड भइ रहन्छ!

स्थानीय कोरियन समाजमा समेत राम्रो पकड राखेका राजेश वावु र उनकी पत्नी पूनम सवैको प्यारा छन् ! स्थानीय कोरियन हरुलाई नेपाल भ्रमण गर्न उत्साहित गर्ने राजेश वावु आफु नेपाल आउदा कोरियन साथी लाई पनि संगै लियर आउने गरेको वताउनु हुन्छ !
सन्तुष्ट ग्राहक को सल्लाह, सुझाव र प्रेरणा ले सन 2014 मा छनान शहर कै याहुरी बस टर्मीनल अगाडी नेपाली र भारतीय स्वाद को ईन्डीया महल नाम गरेर उनले दोस्रो रेस्टुरेन्ट खोले ! स्वादिष्ट व्यन्जन दियर ग्राहक को मन जित्न सफल राजेश वावु को यो रेस्टुरेन्ट पनि छिट्टै लोकप्रिय भयो! नेपाली युवा हरुको लोकप्रिय वैदेशिक रोज़गार गन्तव्य कोरिया मा स्थानीय र नेपाली समेत गरी एक दर्जन जति युवा लाई समेत रोजगारी दिन सफल राजेश वावु मेहनत र लगन नै सफलता को सुत्र हो भन्नुहुन्छ !

यी दुई सफल रेस्टुरेन्ट बाट उत्साहित राजेश वावु कोरिया लाई नै आधार वनायर राजधानी सिउल देखि एक घन्टा को दुरी मा रहेको फेन्तेक शहर को फेन्तेक मेट्रो स्टेशन अगाड़ी उनको तेस्रो नेपाली र भारतीय परिकार को रेस्टुरेन्ट,माउन्टेन रेस्टुरेन्ट नाम दियर विधिवत समुद्घाटन यहि महिना को 16 तारीख शनिवार देखि हुदैछ !

 

 

 

 

सविना थापा – कोरिया संवाददाता

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *