तीन सयौं खेल खेल्न मैदानमा उत्रिए धोनी, यस्ता छन् हालसम्मका रेकर्ड

एक दिवसीय सिरिजका क्रममा भारतीय क्रिकेट टिमले अहिले श्रीलंका विरुद्ध चौथो वान डे खेल खेल्दैछ। पाँच वान डे सिरिजमा यसअघि नै भारतले ३–० ले अग्रता लिइसकेको छ।

चौथो वान डे भारतीय पूर्वकप्तान महेन्द्र सिंह धोनीका लागि विशेष छ। यस खेलसँगै धोनी एकदिवसीय क्रिकेटमा ३ सय खेल खेल्ने छैठौं भारतीय खेलाडी बनेका छन्।

उनी अघि तीन सय एक दिवसीय खेल खेल्ने भारतीय खेलाडीहरुमा सचिन तेन्दुल्कर (४६३), राहुल द्रविड (३४४), मोहम्मद अजहरुद्यिन (३३४), सौरभ गांगुली (३११) र युवराज सिंह (३०२) छन्। तीन सय बढी एकदिवसीय क्रिकेट खेल्ने भारतीय खेलाडीहरुमा युवराज सिंहलाई छोडेर बाकीं सवैले भारतीय टिमको कप्तानी निभाइसकेका छन्।

विश्वमा भने ३ सय खेल खेल्ने धोनी २० औं खेलाडी बनेका छन्। उनको यो किर्तीमानले वेस्ट इण्डिजका बिस्फोटक व्याट्सम्यान ब्रायन लारालाई पनि पछि पारिदिएको छ। लाराले आफ्नो क्रिकेट करिअरमा २ सय ९९ वान डे क्रिकेट खेलेका थिए।

विकेटकिपर ब्याट्सम्यानको रुपमा धोनी ३ सय एकदिवसीय खेल्ने विश्वका दोस्रो खेलाडी बनेका छन्। उनीअघि श्रीलंकाका कुमार संगाकारा छन्। जसले ४ सय ४ एक दिवसीय खेल्दै सन्यास लिएका थिए।

सवैभन्दा बढी स्टम्पिंङ गर्ने खेलाडीको रुपमा किर्तीमान कायम गर्न धोनी एक स्टम्पिंङले मात्रै पछि छन्। २ सय ९९ खेलमा ९९ स्टम्पिंङ गरेका धोनी अघि ४ सय ४ खेलमा संगाकाराले त्यतिनै स्टम्पिंङ गरेका थिए। श्रीलंका विरुद्ध केहीबेरमा विकेट किपरका रुपमा मैदानमा उत्रने धोनीले यो रेकर्ड पनि आफ्नो नाम लेखाउने विश्वास धेरैको छ।

धोनीले हालसम्म खेलेका २ सय ९९ खेलमा ५१.९३ को औषतमा ९ हजार ६ सय ८ रन बनाएका छन्। दश हजार रन पुर्याउन उनलाई ३ सय ९६ रनको खाचो छ। दश हजार रन पुरा गरेपछि उनी भारतमा सचिन, द्रविड र गंगुलीपछिका चौथो स्थानमा हुनेछन्।

एकदिवसीयमा धोनीको सर्बाधिक स्कोर अविभिज १ सय ८३ रन हो। धोनीले हालसम्म १० शतक र ६५ अर्धशतक प्रहार गरेका छन्।

यसैबीच आफ्नो ३ सय खेल पुरा गरेकोमा पूर्व दिग्गज खेलाडीहरुले धोनीलाई बधाई दिएका छन्। सचिनले टुविटरमा ३ सय चोटी एकदिवसीय खेल खेल्नु विशेष उपलब्धी भएको उल्लेख गर्दै उक्त खेल खास होस भनि शुभकामना दिएका छन्।

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *